सन् २०२३ विश्व इन्टरनेट सम्मेलनअन्तर्गत उ चन शिखर सम्मेलन आयोजना गरिने
सन् २०२३ विश्व इन्टरनेट सम्मेलनअन्तर्गत उ चन शिखर सम्मेलन आगामी नोभेम्बर ८ देखि १० तारिखसम्म चीनको उ चनमा आयोजना हुने भएको छ। विश्व इन्टरनेट सम्मेलनले सोसम्बन्धमा सेप्टेम्बर २१ तारिख जानकारी गराएको हो। चालु वर्षको शिखर सम्मेलनको मुख्य नारा “सहिष्णु, साझा हितयुक्त र लचिलो डिजिटल विश्वको निर्माण गर्नुका साथै हातमा हात मिलाउँदै नेटवर्क स्पेस सम्बन्धी भाग्यको एकरूपताको स्थापना गरौँ” भन्ने रहेको छ।
विश्व इन्टरनेट सम्मेलनको निमन्त्रणामा उ चनमा आयोजना हुने सो सम्मेलनमा विश्वका विभिन्न क्षेत्रका प्रतिनिधिहरूले भेला भई अझ निष्पक्ष, उचित, खुलस्त, सहिष्णु, सुरक्षित, स्थिर र जीवन्त नेटवर्क स्पेसको स्थापना कार्यलाई अघि बढाउने विषयबारे विचार विमर्श गर्नेछन्।
विश्व इन्टरनेट सम्मेलनको सचिवालयका जिम्मेवार व्यक्तिका अनुसार, चालु वर्ष विश्व इन्टरनेट सम्मेलन अन्तर्गत उ चन शिखर सम्मेलनको दशौँ वार्षिकोत्सव हो। बितेका शिखर सम्मेलनको विशेषतायुक्त आधारमा चालु वर्षको उ चन शिखर सम्मेलनले दशौँ वार्षिकोत्सवको पदक वितरण गर्ने, विश्वव्यापी युवा निर्देशकीय योजनाको स्थापना गर्ने र महत्वपूर्ण अन्तर्राष्ट्रिय संगठनका सम्बद्ध सम्मेलनको आयोजनालगायतका अधिकांश नयाँ र आकर्षित गतिबिधि चलाउनेछ।