संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको सामान्य बहस सुरु
संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाको सामान्य बहस सेप्टेम्बर १९ तारिखका दिन न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सुरु भएको छ। दिगो विकास लक्ष्यलाई अगाडि बढाउने, जलवायु सङ्कटको सामना गर्ने, बिग्रँदै गइरहेको सुरक्षा अवस्थालाई लचिलो पार्ने र संयुक्त राष्ट्रसङ्घीय सुधारलाई बढाउने लगायत अन्तर्राष्ट्रिय समाजले साझा अभिरूचि लिएका प्रमुख मुद्दा र चुनौतीको समाधान गर्नका लागि विभिन्न देशका राष्ट्रनायक, सरकारी प्रमुख तथा उच्चस्तरीय प्रतिनिधिले आ-आफ्नो राष्ट्रिय धारणा व्यक्त गर्नुका साथै सम्बन्धित प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस पटकको सामान्य बहसको मुख्य विषय 'विश्वासको पुनर्निर्माण र ऐक्यबद्धताको पुनर्स्थापना गरौं-- सन् २०३० को कार्यसूची र यसका दिगो विकास लक्ष्यहरूको कार्यान्वयनका लागि कदम चाल्दै सबैका लागि शान्ति, समृद्धि, प्रगति र निरन्तरतालाई अगाडि बढाऔँ' रहेको छ।
संयुक्त राष्ट्रसङ्घको महासभाको नियमित सत्र हरेक वर्षको सेप्टेम्बरदेखि डिसेम्बरसम्म नियमित रूपमा आयोजना हुने गर्दछ। नियमित सत्रहरूमा दुई चरणहरू हुन्छन्, जसमध्ये पहिलो चरण सामान्य बहस हो र दोस्रो चरण महासभाद्वारा कार्यसूचीमा राखिएका विषयहरूको अनुमोदन हो।