नेपाली

प्रधानमन्त्री ली छ्याङद्वारा नेपाली प्रधानमन्त्री प्रचण्डलाई बधाई सन्देश

CRIPublished: 2023-09-20 18:31:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका प्रधानमन्त्री ली छ्याङले सेप्टेम्बर २० तारिख नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई सन्देश पठाउँदै नेपाली राष्ट्रिय दिवसका लागि शुभकामना प्रकट गर्नुभएको छ।

सन्देशमा प्रधानमन्त्री ली छ्याङले चीन र नेपाल पहाड र नदीले जोडिएका मैत्रीपूर्ण छिमेकी हुन् भन्दै एकले अर्काको सम्मान गरेको, समान रूपमा व्यवहार गरेको र आपसी हितयुक्त सहकार्य चलाउँदै आएको बताउनुभएको छ। प्रधानमन्त्री प्रचण्डसँगै मिलेर चीन र नेपालका विभिन्न क्षेत्रमा रहेका आपसी आदानप्रदान र सहकार्यलाई गहन पार्दै चीन र नेपाल बीच विकास र समृद्धितिर उन्मुख हुने युगौँ युगसम्म मैत्रीपूर्ण रहँदै जाने रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर रूपमा विकसित पार्दै जान चीन इच्छुक रहेको कुरा पनि प्रधानमन्त्री ली छ्याङले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn