हाङचौ १९ औँ एशियाली खेलकुदको ज्योति हाङचौमा फिर्ता
छ्यु चौ स्टेशनको रिले कार्यक्रम सम्पन्न भएपछि हाङचौ १९ औँ एशियाली खेलकुदको ज्योति रिले कार्यक्रमलाई २० तारिख पुन: हाङचौमा फर्काएर अन्तिम केन्द्रमा प्रवेश गराइएको छ।
प्राप्त जानकारी अनुसार, यस ज्योति रिले कार्यक्रमको कूल लम्बाई ११.४ किलोमिटर रहेको छ। रिले कार्यक्रमले छेन थाङ नदी पार गरी डिजिटल टाउन, हाङचौ अन्तर्राष्ट्रिय एक्स्पो केन्द्र र हाङचौ ओलम्पिक खेलकुद केन्द्रका रङगशाला समूह लगायतका नमूनात्मक भवनहरूको पनि परिक्रमा गर्नेछ। त्यस रिले क्रमबाट छेन थाङ नदीका दुई किनाराको सिर्जनशीलता र जीवन्त शक्तिलाई पनि विस्तृत रूपमा देखाइनेछ।
ज्योति रिले कार्यक्रममा सहभागी भएका झण्डै २ सय सदस्यहरू विभिन्न पेशा र क्षेत्रबाट आएका हुन्। पहिलो सदस्य सन् २०२० टोकियो ओलम्पिक खेलकुदको ब्याडमिन्टन महिला एकलका च्याम्पियन छ्न यु फै हुनुहुन्छ।