नेपाली

अमेरिका एकल " लागूपदार्थ माग भएका प्रमुख देश"

criPublished: 2023-09-18 19:43:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर १८ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधे: सेप्टेम्बर १५ मा, अमेरिकी राष्ट्रपति बाइडनले कंग्रेसमा पेश गर्नुभएको एक रिपोर्टमा चीनलाई तथाकथित "लागू पदार्थको मुख्य स्रोत देश"का रूपमा पहिचान गरियो। यस विषयमा चीनको टिप्पणी के हो?

उक्त प्रश्नको जवाफ दिँदै चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले भन्नुभयोः अमेरिकाको भनाइको कुनै तथ्यगत आधार छैन र यो चीनमाथि हिलो छ्याप्ने काम मात्र हो। चीनले यसको दृढतापूर्वक विरोध गर्छ र अमेरिकासँग गम्भीर सम्पर्क गरेको छ।

प्रवक्ता माउ निङले भन्नुभयोः चीन सरकारले लागू पदार्थ विरोधी कामलाई ठूलो महत्व दिइरहेको छ। अहिलेसम्म चीनमा ४५६ वटा लागूऔषध, साइकोट्रोपिक पदार्थ लगायतका धेरै किसिमलाई नियन्त्रणमा राखिसकेको छ। जसले गर्दा चीन सबैभन्दा बढी लागू पदार्थलाई नियन्त्रित गर्ने र कडा नियन्त्रण लागू भएको देशहरू मध्येको एक हो। चीनमा नियन्त्रित पूर्ववर्ती रसायनहरूको संख्या ३८ पुगेको छ जुन संयुक्त राष्ट्रसंघमा नियन्त्रितभन्दा १४ बढी हो।

उता अमेरिकामा विश्वको जनसंख्याको ५ प्रतिशतभन्दा कम ओगटेको तर विश्वको ८० प्रतिशत ओपिओइड खपत गर्ने अमेरिकाले चीनको लागुऔषध विरोधी प्रयासहरूको बारेमा गैरजिम्मेवार टिप्पणी गर्न योग्य छैन।

अमेरिकाले चीनमाथि आक्रमण र धब्बा लगाउन काम बन्द गर्नुका साथै चीन-अमेरिका सहकार्यका लागि अनुकूल हुने थप काम गर्न चीनले आग्रह गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn