नेपाली

चीन-आशियान एक्स्पोद्वारा व्यावहारिक रूपमा क्षेत्रीय आर्थिक एकरूपताको प्रवर्द्धन

criPublished: 2023-09-11 14:37:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २००४ मा पहिलो चीन-आशियान एक्स्पोको आयोजना भएदेखि एक्स्पोले चीन र आशियान मुलुकबीच राजनीति, व्यापार, लगानी र संस्कृति आदि क्षेत्रमा सहयोग आदानप्रदानलाई महत्वपूर्ण चौतारो बनाउँदै आएको छ। यसका साथै आर्थिक विश्वव्यापीकरण र क्षेत्रीय आर्थिक एकरूपताको महत्वपूर्ण इन्जिन पनि भएको छ।

धेरै वर्षयता एक्स्पोमार्फत उत्पादन, स्वास्थ्य, मौद्रिकसम्बन्धी ३०० भन्दा बढी मन्त्री स्तरीय सम्मेलन र बैठक आयोजित भएका छन्। चीन-आशियान स्वतन्त्र व्यापार क्षेत्रको निर्माण र स्तरोन्नति, चीन आशियान आपसी पहिलो ठूलो व्यापारिक साझेदारी बनेको, चीन-आशियान सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको स्थापना गरिएको आदि उपलब्धि भएका छन्।

गत जुलाईसम्म चीन र आशियान मुलुकले गरेको लगानीको रकम ३ खर्ब ८० अर्ब अमेरिकी डलर पुगेर छ भने चीनले आशियान मुलुकमा प्रत्यक्ष लगानी गरेको व्यवसाय ६५०० भन्दा बढी पुगेको छ।

Share this story on

Messenger Pinterest LinkedIn