नेपाली

चिनियाँ वाणिज्य मन्त्री वाङ वन थाउ र अमेरिकी वाणिज्य सचिव रामन्डोबीच भेट

criPublished: 2023-05-26 15:05:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे २५ तारिख चिनियाँ वाणिज्य मन्त्री वाङ वन थाउले एपेक वाणिज्य मन्त्रीहरूको बैठकमा सहभागी हुन अमेरिकाको भ्रमण क्रममा वासिङ्टनमा अमेरिकी वाणिज्य सचिव रामन्डोसँग भेट गर्नुभएको छ।

दुई पक्षले चीन-अमेरिका आर्थिक र व्यापार सम्बन्ध र साझा सरोकारका आर्थिक र व्यापारिक मुद्दाहरूमा स्पष्ट, व्यावसायिक र रचनात्मक आदानप्रदान गरेका छन्। चिनियाँ पक्षले अमेरिकाको चीनप्रतिको आर्थिक र व्यापार नीति, अर्धचालक नीति, निर्यात नियन्त्रण र विदेशी लगानीको समीक्षाको बारेमा ठूलो चिन्ता व्यक्त गरेको छ। विशेष आर्थिक र व्यापारिक सरोकार र सहयोगका विषयमा आदानप्रदानलाई कायम राख्न र सुदृढ पार्न दुवै पक्ष सञ्चार च्यानलहरू स्थापना गर्न सहमत भएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn