नेपाली

दक्षिण कोरियाली सर्वसाधारणबाट सामूहिक भेला भएर सरकारको अपमानजनक कूटनीतिको निन्दा

criPublished: 2023-03-19 16:23:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सरकारद्वारा प्रस्तुत बाध्य गरिएका श्रमिकका लागि तेस्रो पक्ष बदल्ने योजना र राष्ट्रपति यून सेओक यौलको जापानको भ्रमणबारे केही दिनदेखि दक्षिण कोरियाली सर्वसाधारणले धेरैपटक सामूहिक भेला भएर विरोध गरेका छन्।

१८ तारिख हजारौं हजार दक्षिण कोरियाली सर्वसाधारणले सोलमा विरोध भेला गरेर वर्तमान सरकारको निन्दा गरेका छन्। सरकारले बाध्य पारिएका श्रमिकको अधिकार तथा फाइदाका सम्बन्धमा दक्षिण कोरिया तथा जापानबीचको शिखर वार्तामा क्रममा बेवास्ता गरेको भन्दै सर्वसाधारण समूहहरूले निन्द्रा गरेका छन्। विशेष गरी वार्तामा राष्ट्रपति यून सेओक यौलले बाध्य गरिएका श्रमिक समस्याबारे पुनः व्यवस्थापन नगर्ने विचार व्यक्त गर्नुभयो। जसले बाध्य गरिएका श्रमिकहरू र दक्षिण कोरियाली सर्वसाधारणलाई अपमान गरिएको ती समूहहरूले व्यक्त गरेका छन्।

केही दिनमा दक्षिण कोरियाका सिटिजन समूह, विश्वविद्यालयका विद्यार्थीहरू, विपक्ष पार्टीहरूले निरन्तर रूपमा विभिन्न प्रकारको विरोधका गतिविधि गरेका छन्। साथै हरेक शनिबार विभिन्न क्षेत्रबाट गएका सर्वसाधारणले सोलमा विरोध भेलामा सहभागिता जनाएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn