नेपाली

विश्व सम्पत्ति व्यवस्थापन मञ्च२०२३ बेइजिङमा आयोजित

criPublished: 2023-03-19 16:21:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च १८ मा बेइजिङमा विश्व सम्पत्ति व्यवस्थापन मञ्च२०२३को वार्षिक सम्मेलन आयोजित भएको छ। चीन लगायत विश्वका विभिन्न देशका वित्तीय उद्योगका नेताहरू र विशेषज्ञहरूले भेला भएर विश्वव्यापी परिवर्तनको प्रतिक्रिया दिने तरिकाहरूमाथि छलफल गरेका छन्।

वर्तमान विश्वसामु एक शताब्दीमा नदेखिएको ठूला परिवर्तनहरू देखापरेका छन्। जटिल र परिवर्तित अन्तर्राष्ट्रिय वातावरणको सामना गर्दै चीनले सुधार तथा खुलापनलाई गहन बनाइरहेको छ। साथै चीनले घरेलु परिसंचरणको साथ स्वदेशी तथा विदेशी दोहोरो परिसंचरणको विकास हुने नयाँ ढाँचाको विकास अवस्थाको निर्माण गर्न प्रयास गरिरहेको छ। जसबाट व्यापारको उच्च गुणस्तरीय विकासलाई बढाउनुका साथै विदेशी पूँजीको प्रयोग स्तर एवम् विश्वव्यापी औद्योगिक श्रृंखलासँग मिसिने कार्यलाई सुधार गरिरहेको छ।

यसै सम्बन्धमा विश्व सम्पत्ति व्यवस्थापन मञ्चका अध्यक्ष तथा चीनका पूर्व अर्थमन्त्री लौ चिवैले सम्बोधन गर्दै भन्नुभयोः "केही समय अघि सम्पन्न दुई अधिवेशनमा चीन सरकारले चालू वर्ष र केही आगामी समयमा विदेशी पूँजीलाई आकर्षित गरी प्रयोग कार्यलाई मुख्य कार्यको रूपमा लिँदै जानेछ।

यसबारे चर्चा गर्दै चिनियाँ जन बैंकका उप-गभर्नर स्यान छाङनङले यसरी भन्नुभयो, ‘जटिल र परिवर्तनशील वातावरणमा चिनियाँ बजारको खुलापन, स्थिरता र विकासबाट विश्वलाई विविध अवसर र विकल्प प्रदान गरिएको छ। विशेष गरी, बाह्य विश्वसँग चीनको वित्तीय बजारको गहन खुलापनबाट लगानीकर्ताहरूलाई सम्पत्ति व्यवस्थापन र पूँजी विनियोजन गर्नको लागि नयाँ अवसरहरू प्रदान गरिएको छ। चीनको आर्थिक वृद्धिको गतिको क्रमिक सुधार र वित्तीय बजारको थप खुलापनको साथ चीनको वित्तीय सम्पत्तिको लगानी विशेषता र खतरा जोगाउने क्षमता पनि अत्याधिक रूपमा स्पष्ट देखिँदै जाने छ।

उप अर्थ मन्त्री स्या स्यानतको भनाइ अनुसार अझ बढी खुला हुने चीनले अझ राम्रो सहकार्यको माध्यममार्फत् पारस्परिक लाभ र साझा जीतको परिणामहरू हासिल गर्न प्रयास गर्दै जाने छ। साथै नयाँ विकास ढाँचाको निश्चितताको साथ विश्वव्यापी परिवर्तनको अनिश्चितताको सामना गर्दै जाने छ र साझा समृद्धि तथा विश्व अर्थको साझा विकासलाई बढाउँदै जाने छ।

Share this story on

Messenger Pinterest LinkedIn