नेपाली

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको उच्चस्तरीय संवादमा राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन

criPublished: 2023-03-16 15:37:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बेइजिङ समयअनुसार मार्च १५ तारिख साँझ चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको उच्चस्तरीय संवाद भिडियोमार्फत् आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले उच्चस्तरीय संवादको उद्घाटन समारोहलाई भाषण दिनुभएको छ। 'आधुनिकीकरणको बाटोः राजनीतिक दलहरूको जिम्मेवारी' शीर्षकको उक्त संवादमा नेपाल लगायत विश्वका विभिन्न मुलुकका राजनीतिक दलहरू तथा सङ्घसंस्थाका नेताहरू पनि सहभागी थिए।

सम्बोधनमा आधुनिकीकरणबारे चर्चा गर्दै सीले यसरी भन्नुभएको छः आधुनिकीकरणको अन्तिम लक्ष्य जनताको स्वतन्त्रताको लागि व्यापक विकासलाई साकार तुल्याउनु हो। राजनीतिक दलहरूले जनताको राम्रो जीवनको चाहनालाई लक्ष बनाउँदै, सभ्यता र प्रगतिप्रति जनताको चाहनाअनुसार, भौतिक समृद्धि, राजनीतिक स्पष्टता, आध्यात्मिक समृद्धि, सामाजिक स्थायित्व र पर्यावरणीय सुरक्षालाई पूरा गर्ने प्रयास गर्नुपर्छ। यसो गर्दा आधुनिकीकरणबाट सबै पक्ष र बहुआयामिक आवश्यकतामा जनताका मागलाई अझ राम्रोसँग जवाफ दिन सकिने छ र मानव समाजको दिगो विकासलाई अघि बढाउन सकिने छ।

चिनियाँ शैलीको आधुनिकीकरणबारे चर्चा गर्दै सीले आफ्नै राष्ट्रिय अवस्था र अन्य देशको अनुभवमा आधारित चिनियाँ शैलीको आधुनिकीकरणमा इतिहास र संस्कृतिको बिँडो थामिएको साथै आधुनिक सभ्यतालाई पनि मिलनमा राखिएको बताउनुभयो। यसका अतिरिक्त, चिनियाँ जनताको हित-कल्याणको सिर्जना गर्ने साथै विश्वको साझा विकासको प्रवर्द्धन पनि गर्ने भन्दै सीले यो नै शक्तिशाली मुलुकको निर्माण र राष्ट्रिय पुनरूत्थानको लागि एक फराकिलो मार्ग र चीनको लागि मानवीय प्रगति र विश्व सद्भाव खोज्ने एक मात्र बाटो भएको पनि दोहोर्याउनुभयो।

उहाँले जोड दिनुभएअनुसार विभिन्न देशको भविष्य तथा भाग्य घनिष्ट रूपमा जोडिएको मानवजातिको आधुनिकीकरण प्रक्रियालाई अगाडि बढाउन र विश्वको सभ्यतालाई समृद्ध पार्नका लागि विभिन्न सभ्यताबीचको सहिष्णुता तथा सहअस्तित्व, आदानप्रदान तथा आपसी सिकाइले अभिन्न भूमिका खेलेको छ।

पूरै मानवजातिको साझा मूल्य प्रसार गर्न पहल गर्नुपर्ने बताउँदै उहाँले शान्ति, विकास, निष्पक्षता, न्याय, लोकतन्त्र र स्वतन्त्रता विभिन्न देशका जनताको साझा खोजी भएको चर्चा गर्नुभयो।

सभ्यताको उत्तराधिकार तथा नयाँ सिर्जनामाथि महत्व दिँदै विभिन्न देशको इतिहास तथा सँस्कृतिको मूल्यको विकास गरेर आधुनिकीकरण प्रक्रियामा श्रेष्ठ परम्परागत सँस्कृतिको नयाँ सिर्जनात्मक परिवर्तन तथा विकासलाई अगाडि बढाउनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले भन्नुभयो, ‘हामीले अन्तर्राष्ट्रिय सभ्यता तथा सँस्कृतिको आदानप्रदान तथा सहकार्यलाई सबल पार्ने पहल गर्दा विश्वव्यापी सभ्यतासम्बन्धी वार्ता तथा सहकार्य गर्ने नेटवर्कको निर्माणबारे छलफल गरी मानवजाति सभ्यताको विकास तथा प्रगतिलाई संयुक्त रूपमा अघि बढाउनुपर्नेछ।’

सम्बोधनमा पार्टीहरू बीचको आदानप्रदानबारे चर्चा गर्दै सीले यसरी भन्नुभयो, ‘राजनीतिक दलहरूसँगको आदानप्रदान र सहयोगलाई सुदृढ पार्न र विश्वमा सँगै मिलेर अघि बढ्दै जाने प्रतिबद्धमा चिनियाँ कम्युनिष्ट पार्टी रहिरहेको छ। विभिन्न देशका राजनीतिक दलहरू र राजनीतिक सङ्गठनहरूसँगको आदानप्रदानलाई अझ गहन बनाउँदै विचार र चासोका साझा बिन्दुहरूलाई निरन्तर विस्तार गर्ने इच्छा चीनले लिइरहेको छ। नयाँ प्रकारको राजनीतिक दलीय तथा नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्नुका साथै विश्वव्यापी राजनीतिक दल साझेदारी सम्बन्धलाई सुदृढ र सुधार गर्ने अपेक्षा पनि चिनियाँ कम्युनिष्ट पार्टीले लिँदै जाने छ।’

Share this story on

Messenger Pinterest LinkedIn