चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको उच्चस्तरीय संवादमा राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन
उहाँले जोड दिनुभएअनुसार विभिन्न देशको भविष्य तथा भाग्य घनिष्ट रूपमा जोडिएको मानवजातिको आधुनिकीकरण प्रक्रियालाई अगाडि बढाउन र विश्वको सभ्यतालाई समृद्ध पार्नका लागि विभिन्न सभ्यताबीचको सहिष्णुता तथा सहअस्तित्व, आदानप्रदान तथा आपसी सिकाइले अभिन्न भूमिका खेलेको छ।
पूरै मानवजातिको साझा मूल्य प्रसार गर्न पहल गर्नुपर्ने बताउँदै उहाँले शान्ति, विकास, निष्पक्षता, न्याय, लोकतन्त्र र स्वतन्त्रता विभिन्न देशका जनताको साझा खोजी भएको चर्चा गर्नुभयो।
सभ्यताको उत्तराधिकार तथा नयाँ सिर्जनामाथि महत्व दिँदै विभिन्न देशको इतिहास तथा सँस्कृतिको मूल्यको विकास गरेर आधुनिकीकरण प्रक्रियामा श्रेष्ठ परम्परागत सँस्कृतिको नयाँ सिर्जनात्मक परिवर्तन तथा विकासलाई अगाडि बढाउनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।
राष्ट्राध्यक्ष सीले भन्नुभयो, ‘हामीले अन्तर्राष्ट्रिय सभ्यता तथा सँस्कृतिको आदानप्रदान तथा सहकार्यलाई सबल पार्ने पहल गर्दा विश्वव्यापी सभ्यतासम्बन्धी वार्ता तथा सहकार्य गर्ने नेटवर्कको निर्माणबारे छलफल गरी मानवजाति सभ्यताको विकास तथा प्रगतिलाई संयुक्त रूपमा अघि बढाउनुपर्नेछ।’
सम्बोधनमा पार्टीहरू बीचको आदानप्रदानबारे चर्चा गर्दै सीले यसरी भन्नुभयो, ‘राजनीतिक दलहरूसँगको आदानप्रदान र सहयोगलाई सुदृढ पार्न र विश्वमा सँगै मिलेर अघि बढ्दै जाने प्रतिबद्धमा चिनियाँ कम्युनिष्ट पार्टी रहिरहेको छ। विभिन्न देशका राजनीतिक दलहरू र राजनीतिक सङ्गठनहरूसँगको आदानप्रदानलाई अझ गहन बनाउँदै विचार र चासोका साझा बिन्दुहरूलाई निरन्तर विस्तार गर्ने इच्छा चीनले लिइरहेको छ। नयाँ प्रकारको राजनीतिक दलीय तथा नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्नुका साथै विश्वव्यापी राजनीतिक दल साझेदारी सम्बन्धलाई सुदृढ र सुधार गर्ने अपेक्षा पनि चिनियाँ कम्युनिष्ट पार्टीले लिँदै जाने छ।’