नेपाली

चीनका विभिन्न ठाउँमा व्यवस्थित रूपमा वसन्त खेती

criPublished: 2023-03-16 10:04:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वसन्त ऋतु आएसँगै कृषि क्षेत्र व्यस्त भएको देखिन्छ। हाल वसन्त खेतीको मुख्य अवधि भएकोले चीनको वल्लो शानसी प्रान्तका विभिन्न ठाउँमा कृषि मेशिन प्रदान गरिएर आवश्यक कृषि सामग्रीको आपूर्तिलाई सबल पार्दै व्यवस्थित रूपमा खेती कामलाई अघि बढाइएको छ।

यस वर्ष वल्लो शानसी प्रान्तको युन छन सहरले वसन्त खेतीको मौसममा ५० हजारवटा कृषि उत्पादन मेशिनको प्रयोग गरेको छ। यसमा अनुदान खर्च ८ करोड चिनियाँ युआन भएको अनुमान छ। हाल युन छन सहरको कृषि मिलिजुली यान्त्रिकीकरण दर ७७ प्रतिशतमा पुगेको छ।

वल्लो शानसी प्रान्तको चिन छन सहरमा वसन्त खेती गर्ने मौसममा प्रवेश भएपछि स्थानीय सम्बन्धित विभागले कृषि उत्पादनमा आवश्यक ३ हजार टन मल र ४० टन बीजको आपूर्ति गरेर किसानहरूको माग पूरा गरेको छ। सी आन सहरमा ३० पटक अनलाइन तथा प्रत्यक्ष तालिम सम्मेलनको आयोजना गरी किसानहरूलाई कृषिसम्बन्धी तालिम दिइएको छ।

Share this story on

Messenger Pinterest LinkedIn