नेपाली

फिलिपिन्स पर्यटनमन्त्रीद्वारा पहिलो चरणका चिनियाँ यात्रुलाई स्वागत

criPublished: 2023-01-25 15:57:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जनवरी २४ तारिख फिलिपिन्सका पर्यटनमन्त्री क्रिस्टिना गार्सिया फ्रास्को र फिलिपिन्सका लागि चिनियाँ राजदूत ह्वाङ सिल्येनले मनिला अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ खरायो वर्षको पहिलो चरणका चिनियाँ पर्यटकलाई स्वागत गर्नुभएको छ।

क्रिस्टिना गार्सिया फ्रास्कोले चिनियाँ यात्रु फिलिपिन्समा पुगेबाट नयाँ वर्षमा शुभ सुरूवातको थालनी प्रतिबिम्बित भएको र जनवरी ३ तारिख फिलिपिन्सका राष्ट्रपति फेर्डिनान्ज मार्कोसले चीनको राजकीय भ्रमण गरेपछि सक्रिय उपलब्धि हासिल गरिएको प्रमाणित भएको बताउनुभयो।

चिनियाँ राजदूत ह्वाङ सिल्येनले चीन-फिलिपिन्स पर्यटन सहयोगको विकास भएसँगै अरू बढी चिनियाँ पर्यटक फिलिपिन्स भ्रमणमा जाने विचार व्यक्त गर्नुभयो।

सन् २०१९ मा ८२ लाख ६० हजार विदेशी पर्यटक फिलिपिन्स पुगेका थिए तीमध्ये १७ लाख ४० हजार चिनियाँ यात्रु थिए भने कूल यात्रु संख्याको २१.१ प्रतिशत पुगेको थियो।

Share this story on

Messenger Pinterest LinkedIn