नेपाली

याङसाउ संस्कृतिको अवलोकनसँगै वसन्त चाडको रमझम

criPublished: 2023-01-25 15:58:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस वसन्त चाड मध्ये चीनको हनान प्रान्तीय सानमनस्या नगरको म्येनछ जिल्लाको याङसाउ सांस्कृतिक संग्रहालयमा भीडभाड देखिएको छ। किनमेल, मन्दिर मेला घुम्नुबाहेक धेरै स्थानीय बासिन्दा र अरू क्षेत्रबाट आएका पर्यटकले पछिल्लो चर्चित याङसाउ गाउँको राष्ट्रिय अवशेष पार्कमा चिनियाँ सभ्यताको विविधता अवलोकन गरेका छन्।

याङसाउ संस्कृति आजभन्दा ७००० देखि ५००० वर्षअघि देखिएको थियो। सबभन्दा पहिला हनान प्रान्तीय म्येनछ जिल्लाको याङसाउ गाउँमा भेटाइएकाले याङसाउ संस्कृतिको नाम दिइएको हो। सन् १९२१ मा याङसाउ गाउँ अवशेषको पहिलो औपचारिक पुरातात्विक उत्खनन थालिएको थियो। चित्रित भाँडा र ढुङ्गा औचार भेटाइएसँगै एउटा भव्य प्राग ऐतिहासिक सभ्यता देखाइएको छ र प्राग ऐतिहासिक अवधिमा चीनमा निकै विकसित नियोलिथिक संस्कृति अस्तित्व भएको प्रमाणित भएको छ।

सन् २०२१को अक्टोबर याङसाउ गाउँको राष्ट्रिय पुरातात्विक अवेशष पार्क औपचारिक खोलिएको थियो। पार्कमा याङसाउ सांस्कृतिक संग्रहालय, पुरातात्विक उत्खनन सम्झना केन्द्र, पुरातात्विक प्रदर्शन अनुभव क्षेत्र लगायत अवलोकन क्षेत्र समावेश छन्।

Share this story on

Messenger Pinterest LinkedIn