नेपाली

चिनियाँ राष्ट्राध्यक्षद्वारा ल्याटिन अमेरिकी र क्यारिबियन राज्य समुदायको सातौँ शिखर सम्मेलनलाई भिडियो सम्बोधन

criPublished: 2023-01-25 15:55:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जनवरी २४ तारिखमा ल्याटिन अमेरिकी र क्यारिबियन राज्यहरू समुदायको सातौँ शिखर सम्मेलन अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा आयोजना भएको छ। अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेजको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उक्त शिखर सम्मेलनलाई भिडियोमार्फत सम्बोधन गर्नु भएको छ।

सी चिनफिङका अनुसार ल्याटिन अमेरिकी र क्यारिबियन देशहरू विकासशील राष्ट्रहरूको महत्त्वपूर्ण भागका साथै विश्वव्यापी शासनमा सक्रिय सहभागी र योगदानकर्ताहरू हुन्। ल्याटिन अमेरिका र क्यारिबियन समुदाय विश्वव्यापी दक्षिण-दक्षिण सहयोगका लागि अपरिहार्य प्रेरक शक्ति बनेका छन् भने क्षेत्रीय एकीकरणको विकास र प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन्।

चीनले ल्याटिन अमेरिका र क्यारिबियनको एकीकरण प्रक्रियालाई सधैँ समर्थन गर्दै ल्याटिन अमेरिकी र क्यारिबियन राज्य समुदायसँग सम्बन्ध विकासलाई ठूलो महत्त्व दिइरहेको छ। चीनले ल्याटिन अमेरिकासँग मिलेर चीन-ल्याटिन अमेरिका फोरमको निर्माणलाई निरन्तर सुदृढ पारेको छ र चीन-ल्याटिन अमेरिका सम्बन्धलाई समानता, पारस्परिक लाभ, नवीनता, खुलापन र लाभको नयाँ युगमा पुर्‍याएको छ।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार वर्तमान विश्व उथलपुथल र परिवर्तनको नयाँ युगमा प्रवेश गरिरहेको र ऐक्यबद्धता र सहयोगलाई सुदृढ बनाएर मात्रै मिलेर चुनौतीको सामना गर्न र कठिनाइहरूमाथि विजय हासिल गर्न सक्ने छ। चीनले ल्याटिन अमेरिकी र क्यारेबियन देशहरूसँग हातमा हात मिलाएर अगाडि बढ्न, शान्ति, विकास, निष्पक्षता, न्याय, लोकतन्त्र र स्वतन्त्रता जस्ता सबै मानवजातिको साझा मूल्यहरूको प्रवर्द्धन गर्न इच्छुक छ।

Share this story on

Messenger Pinterest LinkedIn