नेपाली

अफ्रिकामा चाइना मिडिया ग्रुपको बसन्त चाड गाला चर्चित

criPublished: 2023-01-23 16:48:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ परम्परागत भावनासहित चाइना मिडिया ग्रुपको बसन्त चाड महोत्सव गाला अफ्रिकामा लोकप्रिय बनेको देखिन्छ। जनवरी २० देखि यस महोत्सव गालाले सय स्क्रिनहरू, बहु-शहर जोड्ने र अद्वितीय बत्तीहरू आदि विविध तारिकाले अफ्रिकी महादेशलाई उज्यालो बनाएको छ। जसले अफ्रिकी मानिसहरू र विदेशी चिनियाँहरूलाई उच्च-स्तरीय सांस्कृतिक पर्व प्रस्तुत गरेको छ।

जनवरी २०तारिख चाइना मिडिया ग्रुपको वसन्त पर्वको विषयवस्तुमा आधारित लाइट शो अफ्रिकाको इथियोपियाको राजधानी इथियोपियाको वाणिज्य बैंकको मुख्यालय भवनलाई उज्यालो पारियो। चाइना मिडिया ग्रुपले अफ्रिकी देशमा वसन्त उत्सव-थिममा आधारित लाइट शो आयोजना गरेको यो पहिलो पटक हो।

जनवरी २१ तारिख चिनियाँ बसन्त चाडको पूर्वसन्ध्यामा चाइना मिडिया ग्रुपको वसन्त महोत्सव गाला दक्षिण अफ्रिका र केन्याका ८ स्थानहरूमा पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको छ। जसले मुख्यालयमा वसन्त गाला हेर्नका लागि आफ्नो मातृभूमिबाट हजारौँ माइल टाढा विदेशी चिनियाँहरूलाई अनुमति दिएको छ र अफ्रिकी मानिसहरूलाई चिनियाँ संस्कृतिको गहिरो आकर्षण महसुस गराएको छ।

सोही दिन केन्याको राजधानी नैरोबीमा वसन्त महोत्सव गालाको प्रचार भिडियो र एनिमेसन प्रवर्द्धनात्मक फिल्म एकै साथ शहरका ६०६ इलेक्ट्रोनिक स्क्रिनहरूमा प्रदर्शन गरियो। एकै दिनमा ६० पटक प्रसारण गरियो। जसले वास्तविक रुपमा चाइना मिडिया ग्रुपको वसन्त चाड महोत्सव गालालाई सामान्य अफ्रिकी घरहरुमा प्रवेश गरेको मानिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn