नेपाली

सी चिन फिङद्वारा बृहत जन सभा भवनमा आयोजित कमरेड च्याङ च मिनको श्रद्धान्जली समारोहलाई सम्बोधन

criPublished: 2022-12-06 19:14:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनमुक्ति सेना, चीन राष्ट्र र विभिन्न जातिमध्ये महान,प्रतिष्ठित तथा वरिष्ठ नेता, माउवादका महान व्यक्ति,सर्वहारा वर्गका महान क्रान्तिकार,राजनीतिज्ञ,सैन्यकार, कूटनीतिज्ञ, दीर्घकालदेखि परिक्षित कम्युनिष्ट सिपाही, चिनियाँ विशेषतायुक्त समाजवादी महान कार्यका वरिष्ठ नेता, चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो पुस्ताको

केन्द्रीय नेतागणका केन्द्र ,“तीनटा प्रतिनिधित्व”महत्वपूर्ण विचारधाराका मुख्य संस्थापक कमरेड ङ च मिनको निधिन भएको छ। जसबाट चीनका विभिन्न जातिका जनता असिमित दु:ख भएको छ। डिसेम्बर ६ तारिख विहान चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राष्ट्रिय जन कांग्रेस स्थायी समिति, राज्य परिषद, जन राजनीतिक परामर्शदातृ सम्मेलन ,केन्द्रीय सैन्य आयोगले बृहत जन सभा भवनमा कमरेड च्याङ च मिनको श्रद्धान्जली समारोहको आयोजना गरेका छन्। सी चिन फिङ,ली ख छ्याङ ,ली चान शु ,वाङ याङ ,ली छ्याङ ,चाउ ल चि ,वाङ हु निङ ,हान चङ ,छाई छि, तिङ श्वे स्याङ,ली सि र वाङ छि शान उक्त समारोहमा सहभागी हुनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले श्रद्धान्जली समारोहलाई सम्बोधन गर्दै कमरेड च्याङ च मिनले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएर चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जन मुक्ति सेना, चीन राष्ट्र र चीनका विभिन्न जातिका जनताको माया र अन्तर्राष्ट्रिय समाजको व्यापक प्रशंसा जितेका कुरामा जोड दिनुभयो।

आज सम्पूर्ण चीनमा आधा झण्डा झुकाएर सबै किसिमको मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn