नेपाली

जापानद्वारा ठूलो मात्रामा राष्ट्रिय प्रतिरक्षात्मक बजेट बृद्धि

criPublished: 2022-12-06 19:04:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले ६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा जापानले राष्ट्रिय प्रतिरक्षात्मक बजेटलाई ठूलो मात्रामा बढाएको विषयबारे चीनको अडान प्रकाश पार्नुका साथै जापानको त्यो कारवाई एकदमै खतरनाक रहेको कुरा औंल्याउनुभएको छ।

प्राप्त जानकारी अनुसार, जापानी प्रधानमन्त्री फिमिओ किशिदाले हालै जापानी राष्ट्रिय प्रतिरक्षात्मक बजेटलाई ठूलो मात्रामा बढाउन निर्देशन दिनुभएको छ। यस विषयबारे चर्चा गर्दै प्रवक्ता माउले बितेका केही वर्षयता जापानी राष्ट्रिय प्रतिरक्षात्मक बजेट लगातार १० वर्षसम्म बढ्दै आएको देखिएको बताउनुभयो। उहाँका अनुसार, जापानले जथाभावी रूपमा क्षेत्रीय तनावपूर्ण परिस्थितिको प्रचार प्रसार गर्नुका साथै आफ्नो सैनिक विकास परिधिको पनि विस्तार गर्न खोजेको छ। जापानको त्यो कारवाई एकदमै खतरनाक छ। यसो हुनाले एशियाली छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय समाजले बाध्य भएर जापानले शान्तिपूर्ण विकासको बाटोलाई कायम राख्ने कि नराख्ने भन्ने विषयप्रति शंका व्यक्त गरेका छन्। जापानले थिचोमिचो इतिहासबारे स्वविचार गरी क्षेत्रीय शान्ति तथा स्थिरताका लागि हितकर हुने कार्य बढी मात्रामा गर्नुपर्छ।

Share this story on

Messenger Pinterest LinkedIn