नेपाली

च्याङ च मिनको अन्त्येष्टि समारोह व्यवस्थापन समितिको तेस्रो विज्ञप्ति

criPublished: 2022-12-06 17:33:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जन मुक्ति सेना, चीन राष्ट्र र चीनका विभिन्न जातिमध्ये महान,प्रतिष्ठित तथा वरिष्ठ नेता, माउवादका महान व्यक्ति,सर्वहारा वर्गका महान क्रान्तिकार,राजनीतिज्ञ,सैन्यकार, कूटनीतिज्ञ, दीर्घकालदेखि परिक्षित कम्युनिष्ट सिपाही, चिनियाँ विशेषतायुक्त समाजवादी महान कार्यका वरिष्ठ नेता,चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो पुस्ताको केन्द्रीय नेतागणका केन्द्र ,“तीनटा प्रतिनिधित्व”महत्वपूर्ण विचारधाराका मुख्य संस्थापक च्याङ च मिनको निधन भएपछि, धेरै मुलुकका राष्ट्रनायकहरु,सरकारी प्रमुखहरु र संसदहरु,सरकारी विभागहरु,पार्टीहरु,मैत्री संघहरु, विभिन्न क्षेत्रका मैत्री व्यक्तिहरु,केही अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरु ,चीनका लागि धेरै मुलुकका राजदूतहरु,चीनमा बस्ने विदेशी साथीहरु,चिनियाँ प्रवासीहरु तथा चिनियाँ मूलका विदेशीहरु, हङकङ, मकाउ र थाईवानका देशबन्धुहरुले प्रशस्त समवेदना सन्देश पठाउँदै वक्तव्यमार्फत् श्रद्धान्जली कार्यक्रममा सहभागी भएर गहिरो श्रद्धान्जली तथा समवेदना व्यक्त गर्नुभएको छ। यसप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ।

चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनमुक्ति सेना, चीन राष्ट्र र चीनका विभिन्न जातिले कमरेड सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको दृढ नेतृत्वमा चिनियाँ विशेषतायुक्त समाजवादी कार्यको महान झण्डा उठाएर सी चिन फिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी कार्य सम्बन्धी विचारधारा चौतर्फी रुपमा अपनाउँदै चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत सिद्धान्त, आधारभूत बाटो र आधारभूत कार्यनीतिलाई कायम राखी मानव जातिको साझा भाग्य समूदाय रसमाजवादी आधुनिक मुलुकको चौतर्फी रुपमा निर्माण गर्न र चीन राष्ट्रको पुन:उत्थानलाई चौतर्फी रुपमा अघि बढाउन एकजुट भएर कोसिस गर्ने निर्णय गरेका छन्।

विशेष रुपमा उक्त कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

कमरेड च्याङ च मिनको अन्त्येष्टि समारोह व्यवस्थापन समिति

सन् २०२२ डिसेम्बर ६ तारिख

Share this story on

Messenger Pinterest LinkedIn