नेपाली

चीनले अरबेली मुलुकहरूसँग निरन्तर रुपमा विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने

CRIPublished: 2022-12-02 17:29:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

डिसेम्बर १ तारिख चीनको परराष्ट्र मन्त्रालयले “नयाँ युगमा चीन र अरबेली मुलुकहरूबीचको सहयोग प्रतिवेदन” प्रकाशित गरेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिlचेनले चीन र अरबेली मुलुकहरूबीचको सम्बन्ध दीर्घकालीन इतिहास रहेको र लामो समयको ऐतिहासिक आदान-प्रदानमा दुई पक्षले मैत्रीपूर्ण आदान-प्रदान गरेको नमूना खडा गरेको बताउनुभयो। उहाँले चीनको परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको “नयाँ युगमा चीन र अरबेली मुलुकहरूबीचको सहयोग प्रतिवेदन”ले चीन र अरबेली मुलुकहरूबीचको मैत्रीपूर्ण आदान-प्रदानको इतिहासको सिँहावलोकन गरेको, नयाँ चीनको स्थापना भएपछि खास गरी नयाँ शताव्दी र नयाँ चरणमा दुई पक्षको मैत्रीपूर्ण आदान-प्रदानबारे ब्याख्या गरेको, चीन-अरबेली मुलुकहरू भाग्य समुदायको भविष्यतर्फ उन्मुख गरेको बताउनुभयो।

चाउले चीनले अरबेली मुलुकहरूसँग मिलेर परम्परागत मित्रतालाई निरन्तरता गर्ने, विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने, नयाँ युगमा चीन र अरबेली मुलुकहरूको भाग्य समुदायको सिर्जना गर्ने उल्लेख गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn