नेपाली

चीन लाओस रेलमार्गबाट दुवै देशका जनताका लागि ठूलो हित कल्याण

criPublished: 2022-12-02 15:24:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत वर्षको डिसेम्बर ३ तारिखदेखि चीन र लाओस दुवै देशका नेतागणको उपस्थिति तथा संयुक्त साक्षीमा ५ वर्षमा निर्माण पूरा गरिएको चीन लाओस रेलमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। एक वर्षयता चीन लाओस रेलमार्गबाट आवतजावत गरिएका यात्रुको संख्या असी लाखभन्दा बढी पुग्नुका साथै पारवहन गरिएका मालसामानको कूल मात्रा पनि एक करोड टनभन्दा बढी नाघेको छ। चीन लाओस रेलमार्गले दुई देशको आर्थिक विकासलाई मात्र सहायता दिएको नभई दुवै देशका जनताका लागि पनि ठूलो हित कल्याण सिर्जना गरेको छ।

सँगै मिलेर चीन लाओस रेलमार्गको निर्माण गर्नु नै राष्ट्राध्यक्ष सी चिनफिङले लाओसका नेतासित गर्नुभएको एउटा महत्वपूर्ण निर्णय रहेको छ। चीन लाओस रेलमार्ग दुवै देश बीच आपसी हितयुक्त सहकार्य सम्बन्धी नमुना परियोजना रहेको मुल्याङ्कन राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

गत नोभेम्बर ३० तारिख राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणमा चीनको भ्रमणमा रहनुभएका लाओस जन क्रान्ति पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष थोङलुङ सिसुलिथसँग राष्ट्राध्यक्ष सीले भेट वार्ता गर्नुभएको थियो। त्यस अवसरमा दुवै नेताहरूले चीन लाओस रेलमार्गबारे पुनः एकपल्ट चर्चा गर्नुभएको थियो।

Share this story on

Messenger Pinterest LinkedIn