नेपाली

चीन- अमेरिका रक्षामन्त्रीबीच भेटवार्ता

criPublished: 2022-11-22 16:35:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर 22 तारिखमा कम्बोडियामा 9औं आशियान रक्षा मन्त्रीहरूको बैठकमा भाग लिनुभएका चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङ हले अमेरिकी रक्षा सचिव लोयड अस्टिनसँग भेट वार्ता गर्नुभएको छ।

जी-20 सत्रौँ शिखर सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच विभिन्न महत्वपूर्ण सहमतिले चीन-अमेरिका सम्बन्धको विकासमा मार्गनिर्देशन गर्ने वैले बताउनुभयो।

चीनले दुई देश र दुई सेनाबीचको सम्बन्धको विकासलाई ठूलो महत्व दिने बताउँदै उहाँले तर अमेरिकाले चीनको मूल हितलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले थाइवान मुद्धा चीनको मुख्य चासो र चीन-अमेरिका सम्बन्धको दुर्गम रातो रेखा भएकोतर्फ ध्यानाकर्षण गराउनुभयो। उहाँले भन्नुभयो, ‘थाइवान चीनको हो। थाइवान समस्या समाधान गर्ने काम चिनियाँ जनताको हो। कुनै पनि बाह्य शक्तिलाई हस्तक्षेप गर्ने अधिकार छैन।’

रक्षा मन्त्री वैले चिनियाँ सेनासँग मातृभूमिको पुनर्मिलनलाई दृढतापूर्वक रक्षा गर्ने मेरुदण्ड, आत्मविश्वास र क्षमता रहेको पनि दोहोर्याउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn