नेपाली

अमेरिका र बेलायतले अल्पसंख्यक समूहको अधिकार समस्यामा कारणविहिन आरोपको चीनद्वारा खण्डन

criPublished: 2022-09-22 16:17:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ च्युनले सेप्टेम्बर २१ तारिख “जाति, धर्म, भाषा क्षेत्रमा अल्पसंख्यक समूहको अधिकार घोषणा पत्र” पारित भएको तीसौँ वार्षिकोत्सवसम्बन्धमा आयोजित संयुक्त राष्ट्र संघीय महासभाको उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै अमेरिका, बेलायतलगायतका मुलुकहरू र यूरोपेली संघका प्रतिनिधिले चीनमाथि कारणविहीन आरोप लगाएकोमा जवाफी खण्डन गर्नुभएको छ।

चाङ च्युनले चीनको सिन्च्याङमा हान जाति, युगुर जाति, कजाक जातिलगायतका ५६ वटा जाति बसोबास गरिरहेको तथा विभिन्न जातिका जनताको साझा प्रयासमा सिन्च्याङको अर्थतन्त्र निरन्तर रुपमा विकास भएको र मेलमिलापयुक्त समाज र स्थिर रहेको बताउनुभएको छ। उहाँले सर्वसाधारणको जीवन क्रमशःसुधारिएको, समृद्ध संस्कृति, मेलमिलापयुक्त धर्म नै त्यहाँको वास्तविकता भएको उल्लेख गर्नुभएको छ।

उहाँले अमेरिका, बेलायतआदि मुलुकहरू र यूरोपेली संघका प्रतिनिधिहरूले चीनमाथि लगाएको आधरहिन आरोपको चीनले कडा रूपमा विरोध र खण्डन गरेको बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn