नेपाली

पहाड र खोलाहरू पार गर्दै यातायातको सुधार बढ्दै

criPublished: 2022-08-20 18:57:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१० वर्षअघि, चीनको सबभन्दा ठूलो चाड बसन्त चाडको छुट्टीमा, घरमा फर्केर चाड मनाउन लाखौं क्वाङसीका कामदारहरूले ‘मोटरसाइकल सेना’ गठन गर्ने गर्थे। आजकल "मोटरसाइकल सेना" इतिहास बनिसक्यो। बाहिर काम गरी जन्मथलो फर्कँदा कामदारहरूले उच्च गतिको रेल चढ्ने गर्छन्, जुन सहज र सुविधाजनक छ र उनीहरू "आफूले चाहेको बेला फर्कन सक्छन्"।

विगत दश वर्षमा चीनमा ५० हजारभन्दा बढी गाउँ बस्तिहरूमा बस संचालन भएको छ र पश्चिमी क्षेत्रमा संचालनमा आएको रेलमार्गको कूल दूरी ६० हजार किलोमिटर नाघेको छ, जुन सम्पूर्ण देशको ४०% हो।

चीनको मध्य र पश्चिमी क्षेत्रहरूमा सन् २०१४ को तुलनामा सडक हेडरको संख्या झण्डै आठ गुणाले बढेको छ। चीनको यातायात नेटवर्क अग्लो हिमाली क्षेत्रहरूमा पनि पुगिसकेको छ।

विगत १० वर्षमा चिनियाँहरूले पहाड र नदीहरू, दुर्गम गाउँहरू र मरुभूमिमा एकपछि अर्को गरी एक एक चमत्कारहरूको सिर्जना गरेका छन्। पहिले बन्द र बाहिरसँग सम्पर्क गर्न गाह्रो भएका क्षेत्रहरूमा लगातार यातायात सञ्जालमा जोडिएका छन् र मानिसहरूले आफ्नो सपनालाई व्यवहारमा साकार गरिरहेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn