नेपाली

एक देश दुई प्रणालीमा अडिग रहेमा हङकङको अझ राम्रो भविष्य हुने सी चिनफिङको भनाइ

criPublished: 2022-06-30 18:25:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ जुन ३० तारिख दिउँसो विशेष रेलमार्फत हङकङ पुग्नुभएको छ। सो अवसरमा उहाँले जुलाइ १ तारिख हङकङ मातृभूमिमा फर्केको २५ औँ वार्षिकोत्सव समारोह एवम् हङकङ विशेष प्रशासन क्षेत्रको छैटौँ समुद्घाटन समारोहमा उपस्थित हुँदै हङकङको निरीक्षण गर्नुहुने कार्यक्रम छ।

रेलवे स्टेशनको स्वागत समारोहलाई सी चिनफिङले सम्बोधन गर्दै एक देश दुई प्रणाली हङकङको दीर्घकालीन समृद्धि र स्थिर, हङकङबासीको हित संरक्षण गर्ने असल प्रणाली हो भने एक देश दुई प्रणालीमा अडिग रहेमा हङकङको भविष्य पक्कै अझ राम्रो हुने कुरा वास्तविकताबाट प्रमाणित भएको उल्लेख गर्नुभयो।

सी चिनफिङले हङकङमा आफूले ध्यान दिइरहेको भन्दै हङकङबासीसँग आफ्नो र केन्द्रीय सरकारको मन बसेको विचार व्यक्त गर्नुभयो। विगतको अवधिमा हङकङमा विभिन्न कडा चुनौति देखा परेको भएता पनि ती चुनौतिबाट जोगाइएको हङकङले पुनर्जन्म भएर बलियो जीवन शक्ति देखाएको राष्ट्राध्यक्ष सीले बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn