नेपाली

जी ७ समूहले कुनै पनि किसिममार्फत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम रोक्नुपर्छ: चीनको परराष्ट्रमन्त्रालय

criPublished: 2022-06-29 18:52:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ लीच्येनले जी ७ समूहले कुनै पनि किसिममार्फत चीनलाई झुटो निन्दा गर्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न रोक्नुपर्ने दोहोर्याउनुभएको छ।

जुन २९ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउले उक्त कुरा बताउनुभएको हो। जुन २८ तारिख जी ७ समूह शिखर सम्मेलनले विज्ञप्ति प्रकाशित गरेको छ भने १४ पटक चीनको प्रसङंग उठाएर हङकङ, सिनच्याङ, मानवअधिकार, पूर्वी चीन सागर, दक्षिण चीन सागर, थाइवानको शान्ति तथा स्थिरताबारे झुटो निन्दा गरेको छ। प्रवक्ता चाउले जानकारी दिनुभएअनुसार, गत महिना जी ७ समूहको विदेशमन्त्री सम्मेलनले चीनबारे नकारातमक विज्ञप्तिको प्रकाशित गर्ने वित्तिकै चीनले स्पष्ट प्रतिकृया गरेको थियो तर जी ७ समूहले चीनको कडा अडान र विरोधको वेवास्ता गरी फेरि चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरी चीनलाई बदनाम गरेको छ। जसबाट जी ७ समूहले समान र सम्मानको आधारमा वार्ता गर्ने इच्छा लिएको छैन तर शित युद्धि विचार लिएर साना सर्कल स्वार्थ आधारित समूहको राजनीति चलाउने इच्छा लिएको देखिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn