नेपाली

झुटो निन्दा गर्न तत्कालै रोक्नुपर्ने चीनको ताकिता

criPublished: 2022-06-28 18:47:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेटोले चीनलाई प्रणालीगत चुनौतिको लेबल टाँसेपछि चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ लीच्येनले जुन २८ तारिख शित युद्ध र विश्वको शीर्ष ठूलो सैन्य गठबन्धनका रूपमा रहेको नेटोले लामो समययता पुरानो सुरक्षा धारणा लिइरहेको बताउनु भएको छ। यसले कुनै मुलुकको प्रभूत्वको संरक्षण गर्ने उपकरण बनिसकेको विचार पनि उहाँले व्यक्त गर्नुभयो। नेटोको तथाकथित नयाँ रणनीतिक पत्र वास्तविकमा गुट द्वन्द्वमा संलग्ने शित युद्धकालीन विचार हो भन्ने कुरा प्रवक्ता चाउले दोहोर्याउनुभयो।

मङ्गलबार पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउ लीच्येनले उक्त कुरा बताउनुभएको हो। उहाँले चीनबारे झुटो निन्दाको प्रसारण गर्न तत्कालै रोक्न नेटोलाई चीनले ताकिता गरेको कुरामा जोड दिनुभयो। नेटोले शित युद्ध विचार, सुन्य योग खेल, शत्रु निर्माण गर्ने गतिबिधि त्याग्नुपर्छ र युरोपलाई भ्रमित गरेर फेरि एशियालगायत विश्वलाई भ्रमित गर्ने काम बन्द गर्नुपर्छ भन्ने कुरामा प्रवक्ता चाउले जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn