नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा किसानलाई जवाफी चिट्ठी

criPublished: 2022-06-28 16:37:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुन २७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले आनह्वी प्रान्तीय थाइह जिल्लाका किसान स्यु चुङस्याङलाई चिट्ठीको जवाफ फर्काउँदै स्थानीय सर्वसाधारणलाई अभिवादन गर्नुका साथै उच्च अपेक्षा प्रस्तुत गर्नुभएको छ।

चिट्ठीमा उहाँले यसरी लेख्नुभएको छ-

“मलाई तिम्रो सम्झना छ, तिमी आनह्वी प्रान्तीय थाइह जिल्लाको एक सक्षम किसान हौ। तिम्रो परिवारले प्रशस्त गहुँ बाली भित्र्याएको र तिम्रो सन्तानले पनि सँगसँगै खेतीपाती गरेको सूचना पाएर मलाई धेरै खुसी लाग्यो।

हातमा खानेकुरा भएमा मनमा चिन्ता हुँदैन। म सधैँ खाद्य उत्पादनमाथि ध्यान दिने गर्दछु, र विभिन्न क्षेत्रको अनुसन्धानको क्रममा प्रायः खेतीभूमिको निरीक्षण गर्ने गर्दछु। चिनियाँ जनताले आफ्नो थाल कचौरा आफ्नै हातमा दृढतापूर्वक राख्न र किसानहरूलाई पैसा कमाउन तथा फाइदा गरेर राम्रो र सुन्दर जीवन बिताउनका लागि केही वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले अन्न उत्पादनलाई समर्थन गर्न विभिन्न नीति र उपाय तर्जुमा गरेको छ। ठूला कृषकहरूले आफ्नो क्षमता अनुसारको सञ्चालन श्रेष्ठतामार्फत आधुनिक कृषि प्रविधिको सक्रिय प्रयोग गरी साना कृषकहरूलाई प्रेरित गरेर सँगसँगै राष्ट्रिय खाद्य सुरक्षामा योगदान पुर्याउने आशा राख्दछु।”

स्यु चुङस्याङ आनह्वी प्रान्तीय थाइह जिल्ला चाङह्वे गाउँको किसान हुन्। उनले कृषि विज्ञान तथा प्रविधिको अध्ययनमा ध्यान दिँदै आएका छन्। सन् २०१० मा उनको नेतृत्वमा व्यावसायिक कृषि रोपन सहकारी स्थापना भएको थियो। सन् २०११ अप्रिलमा राष्ट्राध्यक्ष सी चिनफिङले चाङह्वे गाउँको भ्रमण गर्दा स्यु चुङस्याङ र अरू गाउँलेहरूबाट गहुँ खेतीबारे जानकारी लिनुभएको थियो।

Share this story on

Messenger Pinterest LinkedIn