नेपाली

अमेरिकी बन्दुकको स्वामित्व, स्वार्थलाई बढावा दिने अर्थतन्त्रको नतीजा

criPublished: 2022-06-23 18:07:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आर्थिक र सामाजिक नीति निर्माणमा मानव जीवनको मूल्य र नैतिक विचारहरूमा परिवर्तन ल्याउन सक्छ भन्ने निष्कर्षका साथ स्क्रोल टड इनले एउटा लेख प्रकाशित गरेको छ। ओपी जिन्डाल ग्लोबल युनिभर्सिटीको जिन्डाल स्कूल अफ लिबरल आर्टस् एण्ड ह्युमनिटिज अन्तर्गत सेन्टर फर न्यू इकोनोमिक्स स्टडिजका निर्देशक एवं अर्थशास्त्रका एसोसियटेट प्रोफेसल दीपांशु मोहनले अमेरिकी हतियार अर्थतन्त्रका विषयमा यस्तो लेख लेखका हुन्।

अमेरिकाको हतियार बजार अधिकतम स्वार्थमा आधारित छ भने परिणाम र नैतिकतादेखि धेरै टाढा छ। यो विश्वभरका बजार-उन्मुख राष्ट्रहरूमा प्रभावशाली हुँदै गएको छ जुन परिवर्तन गर्न आवश्यक छ।

अर्थशास्त्री र दार्शनिक जोन ब्रुमले आफ्नो निबन्धमा अर्थशास्त्रलाई नैतिक सिद्धान्त किन चाहिन्छ भन्ने निबन्धमा पनि मानव जीवनको मूल्यलाई मात्रै मान्ने हो भने “कसैलाई बचाउनको लागि हामीले के त्यागहरू गर्नु सार्थक छ भन्ने प्रश्न उठ्छ। जनताको जीवन अर्थशास्त्रमा सामान्यतया भुक्तानी गर्ने चाहनाको सिद्धान्त लागू गरेर जवाफ दिइन्छ।

यस सिद्धान्त अनुसार जीवनको मूल्य आफ्नो जीवनलाई जोखिममा पार्नबाट जोगिनको लागि भुक्तान गर्ने मानिसहरूको इच्छाले निर्धारण गर्नुपर्छ। यो एक साधारण तर्क हो जुन बीमा लागतको परिमाण निर्धारण गर्न वा कुनै पनि जोखिमको लागि लागत-लाभ विश्लेषण गर्न प्रयोग गरिन्छ। तिर्न इच्छुकताको सिद्धान्त लागू गर्नुको एउटा निहितार्थ भनेको एक निश्चित आय सीमाभन्दा तल बाँच्नेहरूको जीवनलाई प्राथमिक वस्तुहरूको लागि बढी तिर्नेहरू भन्दा कम मूल्याङ्कन गरिनेछ।

Share this story on

Messenger Pinterest LinkedIn