नेपाली

सन् २०२२ ब्रिक्स मुलुक उद्योग तथा वाणिज्य मञ्चद्वारा पैचिङ इनिशिएटिभ जारी

CRIPublished: 2022-06-23 15:04:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ब्रिक्स मुलुकका नेतागण वार्ताको एक महत्त्वपूर्ण कार्यक्रमको रूपमा रहेको सन् २०२२ ब्रिक्स मुलुक उद्योग तथा वाणिज्य मञ्च जुन २२ तारिख पैचिङमा अनलाइन तथा अफलाइन तरिकामार्फत पैचिङमा आयोजना भएको छ।

यस मञ्चले विश्वको आर्थिक पुनरूत्थान गर्ने, हरित रूपान्तरणलाई छिटो गर्ने, डिजिटल अर्थतन्त्रको विकास गर्ने, स्वास्थ्य सहयोगलाई बढाउने, र औद्योगिक श्रृंखला आपूर्तिको लचिलोपनलाई बढाउने गरी पाँचवटा विषयलाई मुख्य ध्यान दिएको छ। ब्रिक्स मुलुकका आर्थिक तथा व्यापार मन्त्री, चीनका लागि विभिन्न देशका राजदूत, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिलगायत करिब १००० जना अनलाइन वा अफलाइनमार्फत मञ्चमा उपस्थित भएका छन्।

साथै मञ्चमा सहभागीहरूले ब्रिक्स मुलुक उद्योग तथा वाणिज्य क्षेत्रको पैचिङ इनिशिएटिभ सार्वजनिक गरेका छन्। उक्त इनिशिएटिभका अनुसार, सहभागीहरूले स्वास्थ्य सहयोग गर्ने, खुला विचारलाई कायम राख्ने, विश्वको दीगो विकासलाई बढाउने, डिजिटल अर्थतन्त्रको विकास गर्ने, औद्योगिक श्रृंखला आपूर्तिको लचिलोपनलाई बढाउने र उद्योग तथा वाणिज्य क्षेत्रको सहयोगलाई बढाउने लगायतका ६ वटा विषयमा सहमति गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn