नेपाली

चीनको आर्थिक सञ्चालनमा महामारीको प्रभाव अल्पकालीन तथा चरणबद्ध

CRIPublished: 2022-05-16 15:42:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत अप्रिल महिनामा चीनका प्रमुख आर्थिक सूचकहरू घटेको सम्बन्धमा तथा अर्थतन्त्रको स्थिरता र पुन:उकास्ने अनुमानको आधारबारे जानकारी दिन चीन राष्ट्रिय तथ्याङ्क व्यूरोले मै १६ तारिख पत्रकार सम्मेलनको आयोजना गरेको छ।

व्यूरोका प्रवक्ता फू लिङह्वीले महामारीको प्रभावले गत अप्रिल महिनामा आर्थिक सञ्चालनमा केही प्रतिकूल प्रभाव परेको बताउनुभएको छ। वार्षिक २ करोड युआनभन्दा बढी आय आर्जन गर्ने औद्योगिक उद्यमहरुको वृद्धि दर गत वर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले घटेको छ। साथै सेवा उद्योग उत्पादन सूचकाङ्क ६.१ प्रतिशतले घटेको छ भने सामाजिक उपभोग्य वस्तुको कुल खुद्रा विक्री पनि ११.१ प्रतिशतले घटेको छ।

फूले औँल्याउनुभयोः यी कुराहरू महामारीको प्रभावबाट ल्याइएका अल्पकालीन परिवर्तनहरू हुन् र सबै चरणबद्ध हुन्। चीनको आर्थिक स्थिरता दीर्घकालीन रूपमा राम्रो दिशातिर जाने प्रवृत्तिमा कुनै परिवर्तन भएको छैन। साथै उच्च गुणस्तरीय विकासको समर्थन गर्ने कारक तत्वहरूमा पनि परिवर्तन भएका छैनन्।

महामारी रोकथाम र नियन्त्रण एवम् आर्थिक तथा सामाजिक विकास सम्बद्ध विभिन्न नीति तथा कदमहरूको समर्थनमा चीनको अर्थतन्त्रले महामारीको प्रभावलाई पार गर्दै क्रमशः स्थिर र स्वस्थ विकास हुँदै जाने पनि प्रवक्ता फूले औँल्याउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn