नेपाली

राष्ट्राध्यक्ष सीद्वारा युनाइटेड अरब इमिरेट्सका नव निर्वाचित राष्ट्रपति मुहम्मदलाई बधाई सन्देश

criPublished: 2022-05-15 20:12:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मे १४ तारिख युनाइटेड अरब इमिरेट्सका नव निर्वाचित राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयानलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन र युनाइटेड अरब इमिरेट्स बीचको दौत्य सम्बन्ध स्थापना यता दुई देश बीचको सम्बन्धको चौतर्फी तथा गहन रुपमा विकास हुँदै आएको र दुई देशका जनताबीचको मित्रता दिन प्रतिदिन गहन हुँदै आएको औंल्याउनुभयो। चीन र युनाइटेड अरब इमिरेट्सबीचको दौत्य सम्बन्धको विकासलाई उच्च महत्व दिएको बताउँदै सीले राष्ट्रपति मोहम्मदसँगै मिलेर चीन - युनाइटेड अरब इमिरेट्स चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अरु गहन पार्ने र दुई मुलुक तथा दुई मुलुकका जनतालाई हित कल्याण सिर्जना गर्ने इच्छा लिएको पनि व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn