नेपाली

युएसए होइन, युएससी होला

criPublished: 2022-05-13 09:44:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यसको ठ्याक्कै विपरित निकै धेरै कम आय भएका समूहसमक्ष बेरोजगारी, गरिबी र संक्रमणको उच्च जोखिम देखिएको छ। कोभिड १९ संक्रमित हुनेहरू अधिकाँश गरिब र वृद्धवृद्धा छन् साथै कमजोर समूह न्युक्लिक एसिड परीक्षण गर्न पनि कठिन अवस्थामा देखिन्छन्। एक रिपोर्टका अनुसार, अमेरिकामा चिकित्सा विमा नभएको एक कोभिड १९ संक्रमितले उपचार गराउन दशौँ हजार अमेरिकी डलर तिर्नुपर्छ। गाल्लुप कम्पनीले गरेको अध्ययन अनुसार, अमेरिकामा औसत रूपमा प्रत्येक सात जनामा एक जना उच्च चिकित्सा बिल तिर्न असमर्थ देखिन्छ र संक्रमण लक्षण देखिए तापनि चिकित्सा उपचार खोज्न सक्दैन। जसबाट अमेरिकामा महामारी नियन्त्रण विफल अवस्थामा पुगेको छ। अमेरिकी अर्थशास्त्री पोल क्रुगमानले महामारी विज्ञान वा अर्थतन्त्रको हिसाबले अमेरिकाको महामारी नियन्त्रण विफल भएको बताउनुभयो।

एकातिर लागतको वेवास्ता गरी पुँजी जोगाउन लागेको छ भने अर्कोतिर महामारी उपचार गर्दा धनी गरिबीबीच भिन्नता देखिएको छ। यसबारे एक अमेरिकी नेताले यस्तो व्याख्या गरेका थिए कि यो त जीवन हो। पुँजीले सबैलाई नेतृत्व गर्छ, पुँजीले सबैलाई नाघेको छ, ज्यान पनि। यो नै अमेरिका हो, युएसए होइन, तर युएससी हो, युनाइटेड स्टेट्स अफ क्यापिटल।

अझै रोचक कुरा के हो भने मानवअधिकारबारे सबैभन्दा बढी चर्चा गर्ने यो युएससी नै हो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn