नेपाली

नेपालमा लगानीको वातावरण सिर्जना गर्न नीतिगत सुधार गरिने

criPublished: 2024-11-25 16:00:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातारण सिर्जना गर्न नीतिगत सुधार गर्न लागिएको बताउनुभएको छ। दसौँ उद्योग दिवसको अवसरमा उद्योग विभागले नोभेम्बर २४ तारिख आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन नीतिगत र संस्थागत सुधार गर्न लागिएको बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

‘निजी व्यवसायीका नीतिगत सुधारका प्रश्न समाधान गर्न लागेका छौँ,” मन्त्री भण्डारीले भन्नुभयो, “लगानीमैत्री वातावरण बनाउन चुनौतीहरू के के छन् निजी क्षेत्रसँग छलफल गरेर सामाधान गर्न तयार छौँ।”

मन्त्री भण्डारीले मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न सरकार र निजी क्षेत्रबिच सहकार्यको आवश्यकता रहेको बताउनुभयो। कानुनी रूपमा देखिएका जटिलता हटाएर सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको उहाँको भनाइ थियो।

उद्योग मन्त्रालयसँग सम्बन्धित ऐन, नियम र कानुन लामो समयदेखि संसद् र संसदीय समितिमा अड्किएको अवस्था रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले एउटा मन्त्रालयको कानुनले अर्को मन्त्रालय नचिन्ने वातावरण हटाउन सरकार नीतिगत रूपमै लागेको बताउनुभयो।

युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्टअप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताउँदै मन्त्री भण्डारीले उक्त ‘स्टार्टअप’ कार्यक्रमलाई लोकप्रिय बनाउन निजी क्षेत्र र बैङ्क तथा वित्तीय क्षेत्रको पनि उत्तिकै सहयोग आवश्यक रहेको बताउनुभयो। मन्त्री भण्डारीले बैङ्क तथा वित्तीय संस्थालाई ‘स्टार्टअप’ सँग जोडेर थन्किएर रहेको पुँजीलाई चलायमान बनाउन आग्रह गर्नुभयो।

शिक्षा र रोजगारीका लागि बिदेसिएका युवालाई यथेष्ट सहुलियत दिएर स्वदेश फर्काउनुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले यसमा निजी क्षेत्रको उत्तिकै सहयोगको खाँचो औँल्याउनुभयो। रुग्ण उद्योग सञ्चालनका लागि निजी क्षेत्रसँगको सहकार्यमा आयोग बनाएर आवश्यक रणनीति बनाउन सरकारले छलफल थालेको उहाँको भनाइ छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn