रसुवाको सान्जेन जलविद्युत आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
आयोजनाको प्रवर्धक सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्पणबहादुर सिंहले दुवै आयोजनाको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रुपियाँ हुने बताउनुभयो। चिलिमेका चार वटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ।
कम्पनीमा चिलिमे जलविद्युत् कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्था (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारी, आयोजना प्रभावित रसुवावासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ।
माथिल्लो सान्जेन र सान्जेनबाट वार्षिक रूपमा एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुने छ। माथिल्लो साञ्चेनलाई विद्युत्को बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ। यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ।