छैटौं एशियाली जनसंख्या सम्मेलन मंसिर १२ देखि १५ सम्म काठमाडौंमा हुँदै
आउँदो मंसिर १२ गतेबाट काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुने भएको छ। नेपालको जनसंख्या नीति निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास सम्मेलनमा एशिया,अमेरिका,अष्ट्रेलिया लगायतका देशका जनसंख्याविद्धहरुको सहभागिता रहने छ।
एशियाली जनसंख्या संघ (एपिए) मूल आयोजक र जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) स्थानीय आयोजक रहेको यो सम्मेलनमा विभिन्न मुलुक करिब ६०० जनसंख्याविद्हरूको सहभागिता रहने छ ।
स्थानीय आयोजक समितिका संयोजक एवं सिडिपिएसका प्रमुख प्राध्यापक योगेन्द्र बहादुर गुरुङका अनुसार सम्मेलनमा १७ वटा विषयका कार्यपत्रहरु प्रस्तुत गरिनेछन् । चारदिन सम्म होटल सोल्टीमा सञ्चालन हुने यो सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कान्तिपुर अनलाइनले जनाएको छ।
सिडिपिएसका सहप्राध्यापक एवं नेपाल जनसंख्या संघ (पान)का अध्यक्ष पद्ध्म प्रसाद खतिवडाका अनुसार नेपाल नयाँ जनसंख्या नीति बनाउने चरणमा छ । २०७१ सालमा तयार गरिएको जनसंख्या नीतिमा संसोधन गरेर बदलिएको जनसंख्यिक अवस्था अनुसार नीति पनि बदल्नु पर्ने बेलामा आयोजना गरिएको यो अन्तराष्ट्रिय सम्मेलनले विकसित देशका धेरै अनुभव जानकारी पाइनेछ। ‘एशियाका विकसित देशहरुले यी सबै समस्या भोगेर त्यसबाट पार पनि पाइसकेका छन्’ प्राध्यापक गुरुङले भभन्नुभयो।
आयोजकका अनुसार मंसिर १५ गते नेपाल शेसन पनि हुनेछ । उक्त शेसनमा श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले नेपालमा रोजगारीको अवस्था र वैदेशिक रोजागरीमा युवाहरुको आकर्षण किन भन्ने विषयमा पनि एक कार्यपत्र प्रस्तुत गर्ने योजना छ।