नेपाली

‘स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नव प्रवर्तन’

criPublished: 2024-11-19 17:13:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

त्यसैगरी, राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपालले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने हुँदापछि तल झर्न नपर्ने गरी तयारी गर्नुपर्ने बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सोचाइमा परिवर्तन गर्न आह्वान गर्दै स्तरोन्नतिपछिको प्रगतिलाई कायम राख्न नवप्रवर्तनशील र नयाँ दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघमा लघु घरेलु तथा साना मझौला उद्यम विकास केन्द्र स्थापना भएको छ। केन्द्रको उद्घाटन सोमबार राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा गरेको जनाइएको छ। केन्द्रले व्यवसाय सञ्चालनका लागि आवश्यक सिप, प्रविधि, र तालिम प्रदान गर्नेछ। साथै, उद्यमीहरूलाई सशक्त बनाउन बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन र व्यावसायिक रणनीतिसम्बन्धी सहायता पनि उपलब्ध गराउनेछ।

केन्द्रले उत्पादन क्षमता बढाउन र गुणस्तर सुधार गर्न प्राविधिक सल्लाह तथा उपकरणहरू उपलब्ध गराउनेछ। साथै, आधुनिक उत्पादन प्रविधि, यसको प्रयोग र प्रक्रियागत सुधारहरू अपनाउन सहयोग गर्नेछ। केन्द्रले उत्पादित सामग्रीलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन, व्यापार मेला, प्रदर्शनी, र अन्य व्यापार प्रवद्र्धन कार्यक्रममा सहभागी गराइ बजार बिस्तार गर्न पनि सहजीकरण गर्नेछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn