नेपाली

लुम्बिनीमा खुलेर लगानी गर्न चिनियाँ व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह

CRIPublished: 2024-11-12 15:32:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मुख्यमन्त्रीले सिचुआन सरकार, सिचुवानबासी समुदाय तथा आम चिनीया जनतालाई लुम्बिनी भ्रमण गर्न आमन्त्रण समेत गर्नु भएको छ।

सिचुआन सरकारसँग भएको भगिनी सम्बन्धलाई प्रगाढ बनाउन छेन्दु र भैरहवा बीच सिधा हवाई सेवा सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो। सिधा हवाई सेवा सुरु हुँदा लाखौं बौद्धमार्गी चिनियाँलाई लुम्बिनीमा ल्याउन सकिने मुख्यमन्त्रीले बताउनुभयो। सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले चिनियाँ बिकास मोडेल, प्रबिधि तथा समृद्धिबाट नेपालले सिक्न चाहेको बताउनुभयो।

सम्मेलनमा मुख्यमन्त्री आचार्य सहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, प्रमुख स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने र मुख्यमन्त्रीकी श्रीमती सहभागी हुनुहुन्छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn