नेपाली

अलिपे प्लसका मोबाइल पेमेन्ट प्रयोगकर्ताले नेपालपे क्यूआरमार्फत् क्रसबोर्डर भुक्तानी गर्न सक्ने

criPublished: 2024-11-08 15:42:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा क्रस बोर्डर भुक्तानीको सुरुवात भएको छ। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एण्ट इन्टरनेशनलले नेपालपे क्यूआर र अलिपेबीच क्रस–बोर्डर भुक्तानीमा सहमति भएको हो।

सम्झौता घोषणा कार्यक्रममा सिंगापुर फिनटेक फेस्टिभल २०२४ को ग्लोबल प्ल्याटफर्ममा दक्षिणपूर्वी एसिया, अष्ट्रेलिया तथा न्युजिल्याण्ड एण्ट इन्टरनेशनलका महाप्रबन्धक एडवर्ड यू, एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, एनसीएचएलका अध्यक्ष विश्रुत थापा र एण्ट इन्टरनेशनलका अध्यक्ष डगलस फेगिनका साथै दुवै संस्थाका अन्य प्रतिनिधिहरुसहितको उपस्थिति थियो।

उक्त घोषणा पश्चात् चिनियाँ मेनल्याण्ड लगायत हङकङ एसएआर चीन, मकाउ एसएआर चीन, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटालीसहित १० देश तथा क्षेत्रका यात्रुहरूले आफ्नो डोमेस्टिक इ वालेट तथा मोबाईल बैंकिङ्ग एप मार्फत नेपालका अन्तरआबद्ध नेपालपे क्यूआरको नेटवर्क सहित ८ लाख ७५ हजारभन्दा बढी मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् ।

एण्ट इन्टरनेशन र एनसीएचएलबीच मे २०२४ मा प्रारम्भिक सामझदारीपत्रमा हस्ताक्षर भई नेपाल राष्ट्र बैंकको आवश्यक स्वीकृतिपछि क्रस–बोर्डर क्यूआर भुक्तानी सेवाको सुरुवात भएको कम्पनीले जनाएको छ। नेपालपे र अन्तरआवद्ध क्यूआरले क्रस बोर्डर भुक्तानीका लागि र नेपालको रिटेल पेमेन्ट सिस्टमलाई विश्वव्यापीरुपमा चिनाउन यस साझेदारीले ठूलो अवसर प्रदान गर्ने अपेक्षा कम्पनीको छ। उसले भनेको छ, यस व्यवस्थाले नेपाललाई आफ्नो रोजाइको गन्तव्य बनाएका पर्यटकहरुले नेपालको मर्चेन्टहरुलाई सहजै क्रस–बोर्डर डिजिटल भुक्तानी गर्नसक्ने छ। नेपालपे क्यूआर लगाइएका स्ट्यान्डराइज्ड क्यूआर पेमेन्टहरुले नेपालको पर्यटन क्षेत्र विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने र आगामी वर्षमा पर्यटन क्षेत्र अझ फस्टाउने अपेक्षा गरिएको नागरिकन्यूज डटकमले लेखेको छ।

Share this story on

Messenger Pinterest LinkedIn