नेपाली

नेपालीहरूको तिहार पर्वमा १२ देशका पर्यटकले लगाए भाइटीका

criPublished: 2024-11-04 16:04:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटीका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका लगाइएको थियो ।

नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुभयो।

होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्बो चिल्ड्रन होम नेपालका छात्राहरुले टीका लगाइदिएका थिए। सप्तरंगी टीका ग्रहण गरेका पर्यटकलाई छात्राहरुले ढाका टोपी लगाइदिए र सेलरोटी लगायतका परिकार पस्किए,सँगै देउसीभैलो र नाचगानको कार्यक्रम पनि देखाए । सहभागी पर्यटक पनि नाचगानमा साथ दिँदै रमाए । आफ्नो नेपाली नाम लिला राखेकी एक चिनिया पर्यटकले भाइटिका लगाउन पाउँदा आफू प्रफुल्लित भएको र पोखरा सहर पनि आफूलाई उत्तिकै सुन्दर लागेको प्रतिक्रिया दिनुभयो।

महोत्सवमा इजरायल, रसिया, चीन, पोल्याण्ड, अमेरिका, बेलायत, जर्मनी, स्पेन, भारत र जापान लगायतका देशका पर्यटकले सहभागिता जनाएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिनुभयो।

संस्कृति बचाऔं, पर्यटन प्रबर्द्धन गरौं भन्ने मूल नाराकासाथ यो महोत्सव आयोजना गरिएको हो । घरमा जसरी दिदीबहिनीबाट टीका ग्रहण गरिन्छ त्यही तरिकाले पर्यटकलाई टीका लगाइदिने र तिहारबारे जानकारी दिंदै पर्यटकलाई दोहोर्याएर पोखरा आउने वातावरण बनाउन महोत्सवले सघाउने विश्वास संघका अध्यक्ष सुवेदीले व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn