नेपाली

दैनिक ३४३ मेगावाट बिजुली भारत निर्यात

criPublished: 2024-10-31 18:18:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल विद्युत् प्राधिकरणले दैनिक ३४३ मेगावाट बिजुली भारत निर्यात गरिरहेको जनाएको छ। हरियाणा १८३ मेगावाट, विहारमा १०० मेगावाट र टनकपुरमा ६० मेगावाट गरी ३४३ मेगावाट बिजुली बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताउनुभएको कान्तिपुर दैनिकले लेखेको छ।

‘अहिले दिनमा १६ देखि १७ मेगावाट देशभित्रै खपत भइरहेको छ, अतिरिक्त भएको ३४३ मेगावाट बिजुली भारतमा बिक्री गरिरहेका छौं,’ उहाँले भन्नुभयो। विहार र हरियाणामा मध्यकालीन सम्झौता अनुसार र टनकपुरमा भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गरिरहेको घोषले बताउनुभयो।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई बिक्री गरिरहेको छ।

एनभीभीएनले उक्त विद्युत् हरियाणा र विहार राज्यमा बिक्री गर्दै आएको छ। प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्ने स्वीकृति पाएको छ। यसमध्ये एनभीभीएनमार्फत हरियाणा राज्यलाई २३५.५ मेगावाट बिजुली बिक्री गर्दै आएको छ। यस्तै बिहार राज्यलाई मध्यकालीन सम्झौताअनुसार १२५.०४ मेगावाट बिजुली बिक्रीका लागि अनुमति पाएको छ। बाँकी प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री हुँदै आएको प्राधिकरणले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn