नेपाली

नेपाल चेम्बर र चिनियाँ व्यवसायी बीच व्यापार लगानीको समझदारी

criPublished: 2024-10-30 17:15:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबिच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ। चेम्बर अध्यक्ष कमलेसकुमार अग्रवालसहितका पदाधिकारीसमक्ष युनान प्रान्तका विभिन्न व्यावसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरूले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका छन्।

खासगरी उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरूको पहिचान र दुई पक्षीय हित प्रवर्द्धन गर्न सकिने खालको प्रस्ताव ल्याउन अध्यक्ष अग्रवाले चिनियाँ व्यवसायी समक्ष आग्रह गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

पूर्वाधार निर्माण, रियल स्टेट, व्यापार वृद्धि, चिया, औद्योगिक विकास एवम् सांस्कृतिक क्षेत्रमा दुई पक्षीय लगानी र व्यापार साझेदारीका विभिन्न विकल्पबारे दुई देशका निजी क्षेत्रबिच महत्त्वपूर्ण छलफल भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चेम्बर अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि चिनियाँ व्यवसायीलाई आग्रह गर्नुभयो। नेपालमा लगानीको वातावरण एवम् प्रतिफल सुनिश्चितताका लागि चेम्बरले पहल गर्ने समेत अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाउनुभयो।

अध्यक्ष अग्रवालले भन्नुभयो, ‘‘नेपालमा विभिन्न क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरू समक्ष आग्रह गर्दछु,। यहाँ हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाउनुभयो। यसका लागि बी टु बी भ्रमण र सहकार्यलाई बढाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो। नेपालमा राजनीतिक स्थिरता, कानुनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको समेत उहाँले लगानीकर्ताहरूलाई अवगत गराउनुभयो।

नेपाल र चीन दुवै मुलुकले लगानी र व्यापारिक साझेदारीमार्फत आर्थिक फाइदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो। नेपाल भ्रमणका लागि समेत उहाँले चिनियाँ उद्यमी व्यवसायीलाई आग्रह गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn