नेपाली

वसन्तपुर दरबार क्षेत्रमा एक हजार कलाकारद्वारा प्रस्तुति

criPublished: 2024-10-20 16:34:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्व पर्यटन दिवस २०२४ को अवसरमा काठमाण्डुको वसन्तपुर दरबार क्षेत्रमा शनिबार धिमे बाजासहित एक हजार कलाकारले नेवारी नृत्यको साथमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको छ।

पर्यटक र शान्ति मूल नाराका साथ मनाइरहेको पर्यटन दिवसको अवसरमा धिमे बाजाको तालमा एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुति गरिएको हो। यसअघि नै पर्यटन दिवसका लागि तय भएको कार्यक्रम बाढी र पहिरोका कारण कलाकार उपस्थित हुन नसक्दा स्थगित गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

यो कार्यक्रमको आयोजना काठमाडौं दरबार स्क्वायर पर्यटन सम्वद्र्धन संघले गरेको हो। विश्व पर्यटन विदस २०२४ को अवसरमा पर्यटक र शान्ति विशेष कार्यक्रम देशभरका कलाकारको उपस्थितिमा गरिएको संघका अध्यक्ष दिनेश सुवालले जानकारी दिनुभयो।

यो हजार बढी कलाकारको सामूहिक नृत्यको संयोजन सुदन मुनिकारले गर्नुभएको हो। उहाँले भन्नुभयो, ‘एक हजार बढी कलाकारले सामूहिक धिमे नृत्य प्रस्तुति दिनुभएको छ। यसबोहक यही अवसरमा विभिन्न प्रस्तुति पनि रहेको छ।’

तस्बिरः मनोजरत्न शाही, गोरखापत्र अनलाइन

Share this story on

Messenger Pinterest LinkedIn