नेपाली

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

criPublished: 2024-10-20 16:35:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। दशैं तिहार बिदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाइका कारण जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र आरोहण मार्गमा पर्यटकको भिड बढेको हो।

नारच्याङको हुमखोलाबाट सुरु हुने मौरीस हर्जोग पदमार्ग (अन्नपूर्ण आरोहण ट्रेक) हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ। मिश्रीखोलाको किनारै किनार निर्माण गरिएको पदमार्गको यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता, हिमनदी र झरनाले पर्यटकलाई आकर्षित गरेको छ।

दशैं तिहार बिदाको अवसरमा आन्तरिक पर्यटकहरुले यो पदमार्गको भ्रमणलाई प्राथमिकतामा राखेका छन्। नारच्याङ गाउँदेखि दुईदिनमा पुग्न सकिने सुन्दर पर्यटकीय स्थल भएकाले यसपाली आन्तरिक पर्यटकको संख्या बढेको मौरीस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले बताउनुभयो।

उहाँका अनुसार दशैंको दिनदेखि शुक्रबार सम्म करिब ८ सयभन्दा बढी आन्तरिक पर्यटक आधार शिविर पुगिसकेका छन्। यसका साथै भारतीय, चाइनिज, ताइवानी र इटालियन पर्यटकहरुको सङ्ख्या पनि गतवर्ष भन्दा यसपालि बढेको छ। उहाँले भन्नुभयो, "आन्तरिक पर्यटकका कारण पदमार्गमा चहलपहल बढेको छ। हुमखोला देखि आधार शिविरसम्म पर्यटकको लर्को लागेको छ।"

म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवनलगायतका जिल्लाबाट आन्तरिक पर्यटकहरु भ्रमणमा आएको उहाँले बताउनुभयो। पदमार्ग र आधार शिविरको भ्रमण गरेका पर्यटकहरुले पर्यटन पूर्वाधारको अभावका साथै आधार शिविरमा फोहोर बढेको गुनासो गरेको उहाँको भनाइ छ।

बेनीबाट दशैंको भोलिपल्ट साथीहरूसँग पहिलो पटक आधार शिविर पुग्नुभएका बेनीका छवि आचार्यले अन्नपूर्णको उत्तरी आधार शिविर धेरै रमणीय भएको बताउनुभयो। हाँले भन्नुभयो, ‘‘अन्नपूर्ण उत्तरी आधार शिविर साँच्चिकै स्वर्ग जस्तो छ। बेनीबाट दुईदिनको यात्रामा सजिलै पुग्न सकिने रमणीय पर्यटकीय स्थल भएकाले सम्बन्धित निकायले पर्यटन पूर्वाधार निर्माण र प्रवर्धनमा ध्यान दिन आवश्यक छ।’’

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn