नेपाली

गाउँपालिकाको पर्यटकीय स्थलबाट एक करोड बढीको आम्दानी

criPublished: 2024-10-18 16:48:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पर्यटकीय स्थललाई व्यवस्थित रूपमा सञ्चालन गर्नुका साथै पालिकाको आन्तरिक आम्दानीसमेत वृद्धि गर्न आय ठेक्कामा लगाइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो। उहाँले भन्नुभयो, “पर्यटकीय स्थलमा प्रवेश शुल्क, कफी सप तथा रेस्टुराँ सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौँ। पुनहिलबाहेकका अन्य पर्यटकीय स्थलमा चालु आवको सुरुमै ठेक्का सम्झौता भएको थियो। चौथो पटकसम्म सूचना प्रकाशित गरेर पुनहिलको पनि सम्झौता गरेका छौँ।”

गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलको पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक आम्दानी बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो। अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा पर्यटकीय पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn