नेपाली

बेइजिङमा आयोजित पर्यटन प्रदर्शनीमा नेपाल पनि सहभागी

criPublished: 2024-10-17 16:20:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१७औँ चीन बाह्य पर्यटन व्यापार मेला (सी.ओ.टी.टी.एम-२०२४) अक्टोबर १६ बुधबारदेखि बेइजिङ राष्ट्रिय कृषि प्रदर्शनी हलमा भव्य रूपमा सुरु भएको छ।

नेपालसहित विश्वभरका ५२ देश तथा क्षेत्रबाट आएका २२० भन्दा बढी पर्यटन सेवा प्रदायकहरूले यस प्रदर्शनीमा भाग लिएका छन्। प्रदर्शनीको अवधिभर विभिन्न गोष्ठी तथा सम्मेलनहरू आयोजना हुने छन्।

कोभिड महामारीपछि खस्किएको नेपाली पर्यटन क्षेत्रको उत्थानका लागि यस्ता मेला महोत्सव निकै प्रभावकारी हुने नेपाली सहभागीले बताएका छन्। नेपाल पर्यटन बोर्डको समन्वयमा ४ नेपाली पर्यटन व्यवसायहरूले मेलामा भाग लिएका छन्। एड्भेन्चर आउटडोर, हिमालयन ३६०, एनजीएम ट्राभल, जुगल होलिडेज सहित चार पर्यटन उद्यमले सहभागिता जनाउनुका साथै नेपाली उत्पादन सहितको स्टल पनि राखेका छन्।

उद्घाटन समारोहका क्रममा आयोजित विभिन्न छलफलहरुमा भाग लिएर उनीहरूले नेपालको पर्यटन प्रवर्द्धन गरेका छन्। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक बिमल कँडेलले नेपालको पर्यटन क्षेत्रको अवस्थाबारे प्रस्तुति समेत दिनुभएको छ।

प्रदर्शनीमा भाग लिनका लागि नेपाल सहित इजिप्ट, जर्जिया, कजाकिस्तान, मंगोलिया, ट्युनिसिया, पेरु, पोल्याण्ड, उज्वेकिस्तान लगायतका देशबाट प्रतिनिधिहरू बेइजिङ आएका छन्। आउटबाउन्ड पर्यटन उद्योगका ४० भन्दा बढी ठूला नामी व्यवसायहरूले चीनको बाह्य पर्यटन उद्योगको विकासका साथै नवीन अवसरको खोजीबारे छलफल गरेका छन्। उक्त प्रदर्शनी ३ दिनसम्म चल्ने छ।

Share this story on

Messenger Pinterest LinkedIn