नेपाली

एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान

criPublished: 2024-10-16 16:02:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बर्दियाले विगत तीन वर्षदेखि बाँकेमा धान जोन परियोजना लागु गरी धान खेती प्रवर्धनमा सहयोग गर्दै आएको छ। सो परियोजना अन्तर्गत यस वर्ष एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको गोरखापत्र अनलाइनले लेखेको हो।

बाँकेको जानकी, खजुरा र बैजनाथ गाउँपालिकाका ११ वटा वडामा परियोजनाले धान खेतीका लागि सिँचाइ, कृषि यान्त्रिकीकरण, बिउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ। परियोजना अन्तर्गत जानकी गाउँपालिकाको वडा नं. १, २, ३ र ४; खजुरा गाउँपालिकाको २ र ४, बैजनाथ गाउँपालिकाको २, ३ र ४ गरी ११ वटा वडामा कार्यव्रmम लागु गरिएको छ। यस अन्तर्गत दुई हजार ३४१ हेक्टर क्षेत्रफलमा धान खेती प्रवर्धन कार्यक्रम लागु गरिएको छ।

चालु आर्थिक वर्षको यो धान सिजनमा करिब एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताउनुभयो। उहाँका अनुसार परियोजनाले समेटेको कार्यक्षेत्र अन्तर्गत ८१४ जना कृषक तथा समूह र सहकारी यो योजनामा जोडिएका छन्। बाँकेमा परियोजना अन्तर्गत चालु आव २०८१/८२ बाट तरकारी जोनको कार्यव्रmम पनि सञ्चालन गरिँदै छ। यस अन्तर्गत करिब पाँच सय हेक्टर तरकारी खेतीमा सहयोग गरिने परियोजनाका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn