नेपाली

नेपालमा १० वर्षमा पौने ४ खर्ब विदेशी लगानी प्रतिबद्धता

criPublished: 2024-10-14 16:33:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आर्थिक वर्ष ०७८/७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । उक्त वर्ष खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रूपैयाँ भित्रिएको थियो । कुल १९ अर्ब २१ करोड ९० लाख भित्रिए पनि ६५ करोड ८७ लाख रूपैयाँ बराबर पुरानो लगानी बाहिरिएको थियो । त्यसैले खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रूपैयाँ भित्रिएको हो ।

प्रत्यक्ष विदेशी लगानी कम भित्रिन थालेपछि सरकारले आर्थिक वर्ष ०७९/०८० देखि नै लचिलो नीति लिएको छ  । आर्थिक वर्ष ०८०/०८१ मा विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोडमा कायम गरिएको छ ।

गत आर्थिक वर्षको बजेटमार्फत वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी क्षेत्रगत रूपमा सीमा तोकिने जनाइएको छ । सरकारले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको सीमा हटाइने बजेटमा उल्लेख छ । तर हालसम्म क्षेत्रगत रूपमा सीमा तोकि नसकेको उद्योग विभागको भनाइ छ । अटोमेटिक रुटबाट भित्रने लगानीमा सूचना प्रविधि उद्योगको सीमा हटाइएको कान्तिपुर अनलाइनले जनाएको छ ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn