सूचना प्रविधिबाट नेपाललाई लाभ, महिनामै भित्रियो सवा अर्ब
सरकारका कामकारबाही प्रभावकारी बनाउन र रोजगारी सिर्जना गर्न सूचना प्रविधिलाई उपयोग गर्ने नीति पनि सरकारले लिएको छ । ‘सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा लिई सामाजिक–आर्थिक रूपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गरी कम्तीमा ५ हजारलाई रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारको छ ।’
यस्तै, आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने योजना पनि सरकारको छ । यसका कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिनेछ ।’
आगामी दश वर्षमा सूचना प्रविधि क्षेत्रबाट ३० खर्ब रुपैयाा बराबरको निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष रोजगारी दिने सरकारको योजना छ । नेपाललाई सूचना प्रविधि हवको रुपमा विकास गरिनेछ । अबको दश वर्षमा यो क्षेत्रमा ३० खर्बको निर्यात गर्ने र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष राजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अघि बढाइनेछ,’ चालु वर्षको बजेटमा भनिएको छ ।
सूचना प्रविधिलाई अर्थतन्त्रको सम्बाहक क्षेत्रको रुपमा स्थापित गर्दै नविनतम प्रविधि अवलम्बन गर्न कानूनी आधार तयार गर्ने कार्यक्रम पनि सरकारले अघि सारेको छ । सूचना प्रविधि क्षेत्रमा नीतिगत स्तायित्व सहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, डाटा सुरक्षा र बौद्धिक सम्पत्ति संरक्षण प्रदान गर्न गरिनेछ,’ बजेटमा उल्लेख छ,'डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गरिनेछ ।’ यस आयोजनाका लागि सरकारले ५९ करोड विनियोजन गरेको छ ।