नेपाली

कृषि तथा घरेलु उद्यम मेलामा बलियो अर्थतन्त्र निर्माणमा जोड

criPublished: 2024-10-11 16:14:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले लघु, घरेलु तथा साना उद्योहरूको प्रबर्धन र बजारीकरणमा सघाउन मेला आयोजना गरिएको बताउनुभयो।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यम प्रारम्भ गर्ने सोच बनाएकाहरूलाई समेत लक्ष्य गरी सञ्चालन गरिएको मेलामा गुणस्तरीय उत्पादन, बजारीकरण गर्ने, ‘ब्राण्डिङ’बारे उद्यमीहरूले अनुभव आदानप्रदान गरेका थिए ।

मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका जैविक उत्पादन, कस्मेटिक, हस्तकलाका सामग्री, चोयाको सामान, तयारी पोशाक, गहना, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, मखमलका जुत्ता, काष्ठकलाका सामग्री, प्लाष्टिक पुनःप्रयोग गरेर बनाइएका वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायत ७० वटा कक्षमा उत्पादन प्रदर्शन गरिएका थिए।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn